एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : नेकपा एमालेका नेता तथा पुर्व उपप्रधानमन्त्री रघुविर महासेठले पाटी फोडेर आत्महत्या नरोज्न वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गरेका छन् ।
उनको निर्वाचन क्षेत्र धनुषा ४ क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर स्थित दुर्गा मन्दिरमा नवनिर्मित धर्मशाला भवनको समुदघाटन गर्दै नेता महासेठले एमालेमा अध्यक्ष केपि शर्मा ओलीको विकल्प अहिले पनि माधव नेपाल नै रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता गरि पार्टीमा आउन आग्रह गरेका छन् ।
एमाले बनाउन र यहाँ सम्म ल्याउन माधव नेपालले खेलेको भुमिकाको प्रशंसा गर्दै महासेठले पार्टी छोडेर गएर नेपालको पतन हुने बताए । उनले शेरबहादुर देउवाको सरकार विस्तार हुँदा हुदै ढल्ने समेत दावी गरेका छन् ।
कार्यक्रममा मिथिला बिहारी, मिथिला, बटेश्वर गाँउपालिकाका प्रमुखहरु उपप्रमुखहरु सहित एमालेका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।