एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जसपा बनेपनि तत्कालिन राजपा र सपा बिच संगठानिक एकतानै नहुदै दुवै समुह पुनः अलग हुन लागेकाले दुःख मान्नु पर्ने कुनै कारण नरहेको बताएका छन् ।
आफनो निर्वाचन क्षेत्र जनकपुरधाम आएका प्रतिनिधीसभा सांसद महतो जनकपुरधाम विमान स्थलमा अप्पन टेलिभिजनसंग कुराकानी गर्दै जसपा बनेपनि दुई समुहका संगाठनिक एकता हुन वाँकी रहेकै बेला निर्वाचन आयोगले दुई समुहलाई पुनः अलग अलग बस्न भनेकाले दुःख र खुसी मनाउनुपर्ने कारण नभएको बताए ।
तत्कालिन समाजवादी पार्टी फुटनै लाग्दा राजपासंग एकता गरेर बचाइयो संगठनहरु एक हुन वाँकी नै थियो त्यतिकैमा मेरा मित्रले हामी एक भएर नबस्ने भन्दै निवेदन दिनुभयो र निर्वाचन आयोगको निर्णय पनि छुट्टा छुट्टै बस भनेर आएपछि अव पुनः दुईवटा पार्टीहरु अलग अलग हुने महतोले बताए ।
एकता विरोधी र अंहकारीहरुलाई जनताले चिनेकाले जनताले नै सजाय दिने समेत उनले बताए । नेता महतो आजै जनकपुरधाम स्थित माता राजदेवी मन्दिर प्राङ्गणमा बनेको पार्कको समुदघाटन गर्ने कार्यक्रम छ ।