एसपी रिपोर्टर
काठमाण्डौं, असार २९ : प्रधानमन्त्री केपि शर्मा ओलीले स्र्वोच्च अदालत उपर गम्भिर प्रश्न उठाएका छन् । कुर्सी छाडनु अघि देशवासीको नाममा सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ‘म जनताको आदेशले होइन अदालतको परमादेशका कारण मात्र सरकार छोडदै छु जनता म संगै छ ।’
अदालतको आदेश के आउँछ ? भन्ने कुरा वाहिरका व्यक्तिहरुले प्रचार प्रसार गर्नुले पनि स्र्वोच्च प्रतिको विश्वास र विश्वसनियता प्रष्ट भएको उनले आरोप लगाए । ‘रेफ्री स्वयम्ले गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुन्छ । त्यो मात्रै नभएर अहिले त अदालतबाट आउने सम्भावित फैसला एक हप्ताअघि नै खास व्यक्ति र समूहलाई आइसक्ने अवस्था पनि देखियो ‘, ओलीले भने ।
शेरबहादुर देउवा जनताको नभएर अदालतको आदेशको भरमा प्रधानमन्त्री बन्न थालेको उनको तर्क छ । चार वर्ष अगाडि यस्तै वर्षातकालमा बाहिरएको थिए उनले भने, ‘फेरी आए, समय अझै धेरै वाँकी छ ।’
देशवासीको मुख्य समस्या भनेकै कोरोना महामारी रहेको बताउदै उनले आफु जाँदा जाँदै कोरोना खोपको अभाव अन्त्य गरेर जान थालेको बताए । उनले भने, ‘नेपालीलाइ पुग्ने गरि खोप आइसकिएको छ, भोली नयाँहरुले हामीले ल्यायौं जाँदु गरयौं भन्न पछि पर्दैन ।’