एसपी रिपोर्टर
काठमाण्डौं, असार २० : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको १० औं साधारणसभामा विवाद उत्पन्न भएको छ । जसका कारण नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम केही समय स्थगित गरिएको थियो ।
कार्यक्रममा विवादलाई शान्त पार्न मञ्चमा सेक्युरिटी परिचालन गरिएको थियो । १० औं साधारणसभाका संयोजक बीआर लामाले समय अभावको कारण देखाउँदै निर्वाचन आयुक्तलाई मञ्चमा बोलाएपछि लफडा शुरू भएको थियो ।
मञ्चमा लफडाकै बीच सेक्युरिटी परिचालन गरी नवनिर्वाचित अध्यक्ष वुद्धि सुवेदीले सपथ लिए । सफत पछि सुवेदीले पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरूलाई पनि सपथ खुवाए ।
कार्यक्रममा नेपालको पुरानो नक्साको प्रयोग :
कार्यक्रमा नेपालको आधिकारिक नक्सा नभई पुरानो नक्सा प्रयोग गरिएको थियो । नेपालको नक्साको गलत प्रयोग गरिएको कारण नेपालीहरुको अपमान भएको भन्दै मञ्चबाटै विरोध आएको थियो । मञ्चमा प्रस्तुत गरिएको कार्यक्रममा नेपालको नक्सा स्क्रीनमामा देखाउँदा पटक–पटक नेपालको पुरानो नक्सा देखाइएको थियो ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पनि वाचन नगरिएपछि सहभागीले विरोध जनाएका थिए ।