एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : सोमवार भएको अविरल वर्षाले जनकपुरधाम जलमग्न भयो । ढल निकासको काम भएपनि फोहर व्यवस्थापन र ढलको समुचित व्यवस्थापन हुन नसकेपछि एकदिनकै वर्षामा पनि जनकपुरधाम जलमग्न भएको छ । यहाँ सम्मकी उपमहानगरपालिकाकी उपप्रमुखको घर समेत अछुतो रहेनन । उनको घरमा समेत पानी पसेको तस्वीर समाजिक सञ्जालमा भाइरल भएको छ ।
एडिबीको सडकको काम जसोतसो पुरा गरेर सफा र सुन्दरताको मुख्य काम ल्याण्डफिल साइड स्थापना गर्न फेल भएको उपमहानगरपालिकाको आज वर्षा पछिको दुदर्शाको अवस्था, तस्वीरमा प्रस्तुत छ ।





