एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २३ : प्रदेश २ सरकारका १ मन्त्री र ३ राज्यमन्त्री हटाइएका छन । जसपा ठाकुर पक्षका प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट हटाइए हो ।
एता मुख्यमन्त्रीमा लालबाबु राउतले नै निरन्तरता पाउने बुझिएको छ । कांग्रेस र माओबादीले राउत नेतृत्वको सरकारलाई नैै समर्थन गरेको स्रोतको भनाई छ । माओबादी सरकारमै जान पनि तयार भइसकेको छ भने कांग्रेस सम्मानजनक स्थान पाए मात्र सरकारमा जाने भएकाले बिचाराधिन रहेको एक सांसदले बताए ।