पुरन रौनियार
जनकपुरधाम, जेष्ठ २३ : तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा आइजिपी बन्नै लागेका हाल एमालेका प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका नवराज सिलवाल गृहमन्त्री बन्ने तर्खरमा रहेपछि काठमाण्डौं तातिएको छ । दाहाल सरकारका गृहमन्त्री विमलेन्द्र निधीले समेत सिलवाललाई गृहमन्त्री बनाउन चाहेपनि कांग्रेस सभापति देउवा र उनकी धर्मपत्नी आरजु राणाले सिलवाल हुनु हुदैन भनेपछि निधिले राजिनामा सम्म दिनु परेको थियो तर पनि सिलवाल आइजीपि बन्न सकेन । कांग्रेस सभापति देउवा र राणाले सिलवाललाई रोक्न निधिलाई लगाएको समाचारहरु सो समयमा व्यापक बाहिरएको थियो । त्यसै झोकमा सिलवाल प्रहरीको बर्दि फुकालेर राजनितिमा होमिए उनी प्रहरीको प्रोटोकलको आधारमा योग्य रहेपनि उनलाई पाखा लगाएर अर्का आईजिपी नियुक्त गरिएको थियो ।
त्यसपछि प्रहरी जागिरबाट राजिनामा दिएका सिलवाल एमालेमा प्रवेश गरे र ललितपुरबाट प्रत्यक्ष चुनाव लडे । चुनाबका बेला उनको प्रचार प्रसारमा हालका प्रधानमन्त्री समेत रहेका तत्कालिन नेकपा अध्यक्ष केपि शर्मा ओलीले भनेका थिए, ‘सिलवाललाई जिताउनोस गृह मन्त्री बनाउछुँ’ । सिलवाल जितेपनि र सांसद बन्न सफल भए । अहिले संसद नरहेपनि ओली प्रधानमन्त्री छन गृहमन्त्रीको कुसी खाली छ ।
एमाले स्रोतका अनुसार सिलवालले प्रधानमन्त्री ओलीलाई बाचा पुरा गरेर जनताको मन जित्न आग्रह गरेका छन, ओली पनि नकारात्मक भने छैन । तर सिलवालको बाटो भन्ने सहज नरहेको एक नेताले एसपीखवरलाई बतायो । उनले भने, ‘प्रधानमन्त्री ज्यूले हुदैन भन्नु भा छैन किनकी उहाँले बाचा गर्नुभएकै हो, तर एमाले भित्रै पनि सिलवाललाई रोक्न पर्ने समुह छ ।’ गृहमन्त्रीको रेशमा रहेका अन्य नेताहरु सिलवाललाई रोक्न लागि परेको स्रोतको दावी छ । प्रधानमन्त्री ओली गृह सहित, रक्षा, सुचना सञ्चार, बन, कृषि, उद्योग बाणिज्य सहितका मन्त्रालय आफै संग राखेका छन् ।
त्यस मन्त्रालयहरुमा नेपाल पक्षका प्रभावशाली नेताहरुलाई पनि ल्याउने निति रहेकाले समेत सिलवालको बाटो सहज नरहेको तर्क गरिन्छ यद्यपि सिलवाल भने रेशमा रहेको एमाले स्रोतको दावी । प्रधानमन्त्री ओली सरकारमा आए सुरेन्द्र पाण्डे वा योगेश भट्टराई नभए महेश बस्नेत वा सिलवाललाई गृहमन्त्रीका लागि सोचिरहेको पनि स्रोतले बतायो ।