एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ १८ : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत ४ जनालाई पार्टीबाट निस्कासन गरेको छ । ठाकुर र महतोसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेता इश्तियाक राईले जानकारी दिए ।
यसअघि जसपाका अध्यक्ष यादवले महन्थ र राजेन्द्र लगायतलाई स्पष्टीकरण सोधेका थिए । महन्थले पनि यादवलाई दुईपटक स्पष्टीकरण सोधेका थिए । महन्थ पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने लाइन लिएपछि जसपा विवाद उत्कर्षमा पुगेको थियो ।

नभन्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको ठाकुर पक्षले जानकारी दिएको छ ।
महन्थले उपेन्द्रलाई कारवाही सम्बन्धी जानकारी निर्वाचन आयोगलाई पनि गराइसकेका छन् । यसअघि आजै उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारवाही गरेको थियो । एकले अर्कोलाई कारवाही गरेपछि जसपा विभाजनले औपचारिकता पाउन मात्र बाँकी रहेको छ ।

यसै बिच जसपाको ठाकुर पक्ष सरकारमा जान हतार नगरि हृदयश त्रिपाठीसंगको एकता र रेशम चौधरीको रिहाईका लागि केन्द्रित हुने देखिएको छ । यि दुईवटा काम पछि सरकारमा जाँदा झनै सकारात्मक हुने ठाकुर पक्षको बुझाई छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी मिलेर नयाँ दल खोल्ने तयारी थालेका छन् । दुई नेताबीच सिंहदरबारमा त्यसबारे कुरा भइरहेको छ ।
कुराकानीमा ठाकुरसहित राजेन्द्र महतो सहभागी छन् । त्रिपाठीको साथमा पनि उनी निकट नेताहरु छन् । चुनाव घोषणा भइसकेकाले नयाँ दल खोल्न मिल्दैन । तर, निर्वाचन आयोगमा दल दर्ता अगाडि नै गराइएको बुझिएको छ । नयाँ दल दर्ताका लागि अध्यादेश ल्याएर भएपनि बढ्ने तयारी समेत भएको बुझिएको छ ।
ठाकुरसहित ४ नेतालाई उपेन्द्र यादव समूहले पार्टीबाट निष्काशनको निर्णय गरेको छ । यसको जानकारी आज निर्वाचन आयोगलाई गराइसकेको छ । कारबाहीको क्रम चलेर जसपा विभाजित भएपछि नयाँ दल बनाउने प्रक्रिया बढेको हो । मन्त्री त्रिपाठी सुर्य चिन्हबाट चुनाव जितेपनि स्वतन्त्र समूहमा छन् । उनी विगतमा महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपाका नेता थिए ।
रेशम छाडन सहमती
सरकार र थारूहट संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सरकार र समितिबीच मंगलवार सहमति भएको हो । सहमतिमा टिकापुर घटनाका आरोपित रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्धा फिर्ता र रिहाइका लागि संविधान र कानून सम्मत तरिकाले अगाडि बढ्ने उल्लेख छ ।
सरकारले पूर्व गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । थापाको मन्त्री पद गुमेपछि कानूनमन्त्री लीलानाथ श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिमा संघर्ष समितिका तर्फबाट रूकमणी चौधरी लगायतले हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति पत्र


लोकान्तरको सहयोगमा