एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ १२ : नेपालमा विकसित भइरहेका राजनीतिक घटनाक्रमका विषयमा सञ्चारकर्मीहरूले गरेको प्रश्नको जवाफमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले संज्ञान लिएको बताएका छन् । विदेश मन्त्रालयको वेबसाइटमा बुधवार प्रकाशित सानो सूचनामा प्रवक्ता अरिन्दम बागचीले नेपालको घटनाक्रमलाई नोट गरिएको जानकारी दिएका हुन् ।
Our response to media queries on recent political developments in Nepal:https://t.co/lLpkm2uXzw pic.twitter.com/OVlUbqb8U6
— Randhir Jaiswal (@MEAIndia) May 26, 2021
यी घटनाक्रमहरू नेपालको आन्तरिक विषय भएको र तिनलाई नेपालकै कानूनी संरचना तथा लोकतान्त्रिक प्रक्रियाअनुसार व्यवस्थापन गरिने आफूहरूको धारणा रहेको पनि प्रवक्ताले बताएका छन् । एक छिमेकी र मित्रका रूपमा भारतले नेपाललाई सदैव समर्थन गर्ने र नेपाली जनताको प्रगति, शान्ति, स्थिरता तथा विकासको यात्रामा सहयोग गर्ने उनले उल्लेख गरेका छन् ।
नेपालमा प्रतिनिधि सभाको विघटन र निर्वाचनको मिति घोषणा गरिएपछि भारत सरकारको कुनै प्रतिक्रिया आएको थिएन ।