एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ :
जनकपुरधामस्थित श्री राम युवा कमिटीको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा विजयकुमार साह (दबाई) निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि भएको त्रिपक्षीय प्रतिस्पर्धामा विजयकुमार साहले ६९ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी गणेशप्रसाद साहले ५५ मत तथा अर्का उम्मेदवार अनिकेतकुमार ठाकुरले ५१ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्ष पदमा शिव ठाकुर सोनार १८५ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी उपिन्दर भण्डारीले ३३ मत र अजयकुमार ठाकुरले २१ मत प्राप्त गरे।
उपाध्यक्ष पदमा दीपककुमार साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

महासचिव पदमा शुभाषचन्द्र साह १०० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी विनोद ठाकुरले ६२ मत र शम्भुलाल दासले ६८ मत प्राप्त गरे। सचिव पदमा लोकेश्वर झा ७५ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी आनन्दकुमार मण्डलले ७१ मत प्राप्त गरेका थिए। कोषाध्यक्ष पदमा विनय साह १२२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी रामनाथ यादवले १०२ मत प्राप्त गरे।
त्यसैगरी, कार्यसमिति सदस्यमा अमर ठाकुर, धर्वेन्द्र साह (आलु प्याज), दिलिपकुमार साह, जितेन्द्रकुमार भगत, महावीर साह (गोपाल), संजीपकुमार साह तथा सुदीपकुमार भण्डारी निर्वाचित भएका छन्। निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत निर्मल कुमार चौधरीले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।





