एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १८ :
जनकपुरधाम उपमहानगरपालिका–१ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन्।
उद्घाटन अवसरमा नगरप्रमुख साहले वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने बताए। उनले आफ्नै संरचना हुँदा उपमहानगरपालिकाको आर्थिक भारसमेत घट्ने उल्लेख गरे।
वडा नं. १ का वडाध्यक्ष दिपनारायण यादवका अनुसार करिब ६० लाख रुपैयाँको लागतमा पाँचतले भवन निर्माण सम्पन्न गरिएको हो।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।