एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ :
जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरबदल गरिएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १६ गतेको निर्णयअनुसार सहसचिव ज्ञानहरि घिमिरेलाई उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको हो।
घिमिरे सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट सरुवा/काजमा जनकपुरधाम उपमहानगरपालिकामा आएका हुन्। नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै उपमहानगरपालिकाको प्रशासनिक कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।





