एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० :
लायन्स क्लब अफ जनकपुरधाम,लायन्स क्लब अफ जनकपुरधा गार्गी र लियो क्लब अफ जनकपुरधामले लायन वर्ष २०२५ र २०२६ को नयाँ नेतृत्वको पदस्थापन तथा सदस्यता ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लव अफ जनकपुरधामका अध्यक्ष डा. राजेशकुमार साह, लायन्स क्लव अफ जनकपुरधाम गार्गीका अध्यक्ष सुजाताकुमारी साह र लियो क्लव अफ जनकपुरधामका अध्यक्ष ओम कापड़ी सहितका कार्यसमितिले शपथ ग्रहण गरेका थिए ।

सो शपथ ग्रहण समारोहको प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले लायन्स क्लवको सेवा क्षेत्रमा रहेको सिद्धान्त नेपालको राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्व राख्दै आईरहेको बताउनु भयो । अहिलेको समयमा लिडरसीपको प्रमोट गर्नुपर्ने आवश्यक्ता रहेको र सो आवश्यक्ताको परिपूर्ती लायन्स क्लवले समेत गर्दै आईरहेको निधिले बताउनुभयो ।

पुर्व उपप्रधानमन्त्री निधिले युवा क्लवहरुले आफ्नो दायित्व बिर्सदै गईरहेको तीतो यथार्थ समेत हामी सामु रहेको बताउनु भयो । लायन्स क्लब अफ जनकपुरधामको अध्यक्ष लायन डा. राजेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।