एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ :
जनकपुरधाम उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमललाई छुरा प्रहार गरि हत्या गरिएकाे छ ।
बुधवार बिहान बासुदेवलाई उनकाे आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ आफ्नै घरमा प्रवेश गरि छुरा प्रहार गरि गरेका छन् ।
बासुदेवलाई उनका ज्वाइँ बेचनले घरायसी विवादका कारण घरमै छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते बासुदेवकाे अस्पताल ल्याउंदै गर्दा बाटाेमै मृत्यु भएकाे थियाे । घटना पश्चात आराेपित बेचन फरार भएका छन ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले हत्यामा मृतककै ज्वाइँको संलग्नता रहेको कुरा आइरहेको छ यद्यपि घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको बताए ।



