एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २३ :
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजका लागि श्रीराम जानकी सुडी कुटीले गर्दै आएको कार्य प्रसंशनीय रहेको भनी प्रशंसा गरेका छन् ।
जनकपुरधाम आएको क्रममा शुक्रवार सो श्रीरामजानकी सुडी कुटी तथा धर्मशालाको अवलोकन गर्ने क्रममा कुटीका अध्यक्ष रामबालक महतो ‘संजीव’ ले समाजका लागि कुटीले गर्दै आएको कार्यहरु बारे जानकारी गराउंदा गर्दै सभापति देउवाले यस्तो प्रसंशा गरेका हुन ।
अध्यक्ष संजीवले श्रीरामजानकी कुटीले विवाह शादीका लागि स्थानीयलाई मन्दिर परिसर र धर्मशाला सहितका संरचना दिने, संस्थाले जातिय विपन्न तथा गरीबलाई आर्थिक सहयोग तथा तिनीहरुको बालबालिकालाई शिक्षामा गर्दै आएको सहयोग बारे सभापति देउवालाई जानकारी गराएका थिए ।

साथै उनले समाज र जातिय सहयोगले निर्मित मन्दिर तथा धर्मशालाको संरचनाले धान्न सक्ने अवस्था नरहेकाले थप संरचना निर्माणका लागि सहयोग गर्न सभापति देउवासँग आग्रह गरेका थिए । उनको आग्रहमा सभापति देउवाले आफू सकेसम्म संघीय र प्रदेश सरकारबाट सहयोग गराउने प्रतिबद्धता जनाएका थिए ।

सो मन्दिर अवलोकनको क्रममा सभापति देउवा सँगै पार्टीका सह महामन्त्री महेन्द्र यादव र पूर्व उपसभापति विमलेन्द्र निधि लगायत दर्जनौ केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।