एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ११ :

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठले राजनीति गर्नलाई संघ संस्थामा नलाग्न आग्रह गरेका छन् । नेपाल वैश्य कल्याण महासंघले दशैँ, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री महासेठले राजनीति गर्नलाई विभिन्न दलहरु रहेकाले संघ संस्थामा रहेर राजनीति नगर्न आग्रह गरे ।
उनले भने ‘राजनीति गर्नलाई खोलिएका संघ संस्थामाथी विश्वास नगर्नुस, राजनीति गर्नु नै छ भने कुनै राजनीतिक दलमा लागेर राजनीति गर्नुस ।’
उनले आफू राजनीतिज्ञ रहेको र कुनै पनि संघ संस्थाको सदस्यता नलिएका स्पष्ट गरे । महासेठले आफू राजनीतिकर्मी रहेकाले मेरोलागि सबै संघ संस्था बराबर रहेको र सबैको प्रगतिकालागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।