संजय कुमार साह
जनकपुरधाम, मंसिर ९ :

जनकपुर जेसिजको भवन अन्तगर्तको दोस्रो तल्लाको उदघाटन गरिएको छ । मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण दोस्रो तल्लाको उदघाटन गरिएको हो । सो भवनको उदाटन मधेस प्रदेशको पूर्व भौतिक पूर्वाधार मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादवले गरेका थिए ।
जेसिजको दोस्रो तल्ला भवनको उदघाटन गर्दै प्रदेशसभा सदस्य यादवले जेसिजले युवाहरुको क्षमता अभिवृद्धिमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । पछिल्लो समय युवा पुस्ताको क्षमतामा ह्रास आईरहेको समयमा जेसिजले क्षमता विकासका लागि अमूल्य योगदान पुर्याउँदै आईरहेको बताए । आउने समयमा समेत आफूले भ्याएसम्म जेसिजको सहयोगका लागि प्रतिवद्ध रहेको प्रदेशसभा सदस्य यादवले प्रतिवद्धता व्यक्त गरे ।
जनकपुर जेसिजका अध्यक्ष अभिषेक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष प्रमोद चौधरी, रविकुमार साह, ललित साह, श्यामप्रसाद साह, प्रदीप कुमार चौधरी, मोहनलाल चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतको उपस्थिति रहेको थियो ।
जेसिज भवनको दोस्रो तल्ला भवनको निर्माण कार्य प्रदेश सरकारले १० लाख र दाताहरुको ९ लाख ३१ हजार आर्थिक सहयोगमा सम्पन्न गरिएको छ ।