एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ९ :
चुरे क्षेत्रबाट हुँदै आईरहेको बालुवा गिट्टी निकासी निरन्तर जारी रहेकोमा सरोकारबार निकायले चिन्ता व्यक्त गरेका छन् । ‘चुरे बाँचे हामी बाँच्छौं। हामी बाँचे चुरे बाच्छ सबैलाई थाहा भएपनि नेपालमा सरकारी स्तरबाटै यस प्रकारको नीति आउनु चिन्ताको विषय रहेको सरोकारबला निकायको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले चुरे संरक्षण विकास सम्बन्धि अन्त्रकृया कार्यक्रममा सरोकारबला निकायले चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा चुरे संरक्षणका लागि संघ सरकारसंग समन्वय गरी प्रदेश सरकारले समेत ठोस नीति ल्याउनु आवश्यक रहेको सुझाव दिएका थिए । पछिल्लो समय खानेपानीको हाहाकार बढिरहेको समयमा चुरे संरक्षण नगरिए मरुभूमिकरण हुने निश्चित रहेकाले यस तर्फ ध्यान पुर्याउन नीति निर्माण तहमा रहेका सरोकारबलाहरुलाई सुझाव दिइएको थियो ।
कार्यक्रममा मधेस प्रदेशको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, प्रदेशसभा सदस्य रामअशिष यादव लगायतको उपस्थिति रहेको थियो ।
अन्तरकृया कार्यक्रममा नास्टका पारसनाथ यादव, चुरे विज्ञ विजयकुमार सिंह, चुरे विज्ञ नागदेव यादव लगायतले चुरे संरक्षणका उपायका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।