एसपी रिपोर्टर
जनकपुरधाम , कात्तिक २८ :
मिथिलाञ्चलमा मंगलबार अन्नकुट पर्व मनाइएको छ । भगवानलाई विभिन्न प्रकारका भोग तथा पकवान अर्पण गरेर अन्नकुट पर्व मनाइएको हो ।
यसै क्रममा जनकपुरधामस्थित रामजानकी सुडी कुट्टीको भातृ संस्था रामजानकी सुडी युवा मञ्चको आयोजनामा भगवानलाई १ सय २१ भोग अर्पण गरेर अन्नकुट पर्व मनाइएको छ । भगवानको भोगपछि ३ हजारभन्दा बढी स्वजाती तथा श्रद्धालुहरुलाई प्रसाद वितरण गरिएको रामजानकी सुडी युवा मञ्चका अध्यक्ष संतोष साहले जानकारी दिए ।
स्वजातीहरुको उत्थानका लागि कसरी भविश्यमा अगाडी बढ्न सकिन्छ भन्ने विषयमा समेत स्वजातीहरु बिच छलफलको उत्तम माध्यम अन्नकुट पर्व बनेको रामजानकी सुडी कुट्टीका अध्यक्ष रतन पूर्वे ले बताए ।
मर्यादा पुरुषोत्तम भगवान् श्रीराम लङ्कामा विजयी भएर फर्केको खुशीयालीमा भगवानको स्वगतमा विभिन्न प्रकारका व्यञ्जन अर्पण गर्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइदै आएको छ ।