एसपी रिपोर्टर

जनकपुरधाम, कार्तिक १८ :

जनकपुरधाममा राजदेवी पूजाको आयोजना गर्दै आएको महावीर युवा कमिटीले दशैँ अवधीको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ ।

शनिबार महाविर युवा कमिटीले दिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

महाविर युवा कमिटीले राजदेवी पूजाकालागि ३० लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गेको तथा ३६ लाख ४ हजार ५ सय ९४ हजार ४ हजार ५९४ रुपैयाँ खर्च भएको कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

कमिटीलाई पेश्कि वापत दिएको रकमसमेत तिर्नुपर्ने अध्यक्ष गुप्ताले बताए । उनले बलराम ज्वेलर्सले २ लाख २० हजार, अध्यक्ष गुप्ताले ३ लाख र कमिटीका कोषाध्यक्षले १ लाख ७६ हजार ४सय १२ रुपैयाँ ५० पैसा खर्च गर्नका लागि उपलब्ध गराएको बताए ।

उनले बोकावलीबाट महावीर युवा कमिटीले भागमा ११ लाख ३३ हजार ३ सय ५६ रुपैयाँ आम्दानी गरेको बताए ।

महाष्टमीको दिन भएको बोकाबली प्राप्त आम्दानी मध्येको १० प्रतिशत रकम अर्थात २ लाख ५१ हजार ८५७ रुपैयाँ राजदेवी मन्दिरको जीर्णोद्वारका लागि जिर्णोद्वार कोषमा रकम जम्मा गरिएको समेत अध्यक्ष गुप्ताले बताए । बाँकी रकम राम युवा कमिटीको आम्दानी भएको उनको भनाई थियो ।