एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २२ : नेकपाका युवा नेता राजकुमार यादवले आफना दिवंगत पिता स्वर्गीय बृजमोहन यादवको सम्झनामा गाँउपालिकाका गरिव विपन्नहरुलाई राहत वितरण गरेका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीवाट बच्न नेपाल सरकार जारी गरेको लकडाउनको ४२ औं दिन चलिरहँदा लकडाउनकै बिच असमायिक रुपमा पिता गुमाएको शोकमा समेत रहेका नेता यादव पिताको निधन भएको १६ औं दिन आइतवार गाँउपालिकाका सवै वडाका गरिव विपन्न र अभाव भएकाहरुलाई खाद्यान्न समाग्री वितरण गरेका छन् । नेता यादवका पिता बृजमोहन यादवको ८५ वर्षको उमेरमा निधन भएको हो ।
बुवाको निधन भयो, लकडाउनका कारण भोजभतेर समेत गर्न सकिएन, नेता यादवले भन,े ‘बुवाको सम्झना, श्रद्धाञ्जली तथा आत्माको चिर शान्तिको कामना गर्दै गरिव विपन्नमा सक्दो सहयोग गरौं भन्ने उद्देश्यले आफुले सकेको केहि सहयोग गरेको छु ।’ लकडाउनका कारण गरिव, विपन्न तथा अभाव भएकाहरुलाई अति सास्ती भोग्न परेकाले भोजभतेर समेत हुन नसकेको र बुवा समाजमा सवैको हित चाहने व्यक्ति समेत रहेकाले वहाँको स्मरणमा केहि सहयोग गरेको यादव बताउछन् ।
गाँउपालिकाको वडा नं. ३ झोझी कटैया निवासी नेता यादव चलिआएको परम्परा अनुसार दिवंगत पिताको किरिया कर्ममा भोज भतेर गर्न नसक्दा “समाज सेवा नै ठुलो धर्म भएको सहयोग गरेको बताए । यादवले सवै वडाका कुल करिव ९५ परिवारलाई २५ के.जी. चामल, २ के.जी राहरको दाल, सहितका खाद्यान्न समाग्री र २ वटा नुहाउने र दुईवटा लुगाधुने साबुन वितरण गरेका हुन । राहत पाएका सर्वसाधारण यो पनि ठुलो धर्म रहेको नेता यादवका स्व.पिता बृजमोहन यादवको मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।