एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ :
जनकपुर जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह सम्पन्न गरेको छ । खाद्यान्न वितरण, मैत्रीपूर्ण क्रिकेट खेल, सेनिटरी प्याड वितरण, वक्तृत्व कला प्रतियोगिता, स्लो बाइक रेस प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गरी जेसिज सप्ताहको समापन गरिएको छ ।
विभिन्न प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार वितरण गरेर जेसिज सप्ताहको समापन गरिएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले दक्ष जनशक्तिले मधेस भरिपूर्ण भएपनि पछाडी पर्नु चिन्ताको विषय रहेको बताएका छन् । मधेस प्रदेश शिक्षा तथा स्वास्थ्यमा पछाडी परेको प्रदेश रहेकाले गरिबी पनि उच्च रहेको उनको भनाई थियो । उनले मधेस हरेक विधामा दक्ष जनशक्तिले भरिपूर्ण छ तर पछाडी परेको छ यसले हामी सबैलाई सोच्न बाध्य बनाएको बताए । मन्त्री सिंहले प्रदेशको विकासका लागि हामी सबैले हातेमालो गरी अगाडी बढ्नुको विकल्प नरहेको बताए ।
जनकपुर जेसिजका अध्यक्ष अभिषेक चौधरीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, प्रादेशिक अस्पताल जनकपुरका निर्देशक रामनरेश पण्डित, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम साह, ललित साह लगायतको उपस्थिति रहेको थियो ।