एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३०:
नेपाल उत्पीडित जातीय मुक्ति समाज धनुषाको नयाँ कार्यकालको लागि अध्यक्षमा विनोद कुमार मण्डललाई चयन गरिएको छ ।
शनिवार नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा समाजका केन्द्रिय सदस्य र धनुषाका इन्चार्ज शम्भु पासमानको अध्यक्षतामा सम्पन्न छठौ जिल्ला सम्मेलनको बन्द सत्रबाट मण्डलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
समाजको उपाध्यक्षद्वयमा राजेन्द्र मरर र अनिलकुमार दास, सचिवमा अशोक कुमार दास, उपसचिवमा सोनुमाया परियार, कोषाध्यक्षमा रञ्जु देवी चयन भएको छ । यस्तै सदस्यहरुमा मनोज मेस्तर, सुमिन्त्रा देवी सादा, रामनारायण महरा, विल्टु रविदास, बौएलाल मेस्तर, पुरन दास, सुर्यनारायण पासवान, झोपे दास, सगुनवती सादा, लक्ष्मी विक, रामजीवन मण्डल र संजय दास रहेका छन् ।
यसअघि उद्घाटन सत्रलाई सम्बोधन गर्दैै प्रमुख अतिथि नेकपा (एमाले) मधेश प्रदेशका मुख्य सचेतक लखन दासले समतामूलक समाज निमार्णका लागि छुवाछूत पुर्णरुपमा अन्त्य हुनुपर्ने बताएका थिए ।
उनले कानुनले छुवाछूत गर्नेलाई कारबाही हुने ज्ञारेन्टी गर्दा पनि कार्यान्वयनको पाटो अझै कमजोर भएको बताए । शिक्षाकै कारण दलितहरू पछाडि परेको भन्दै आ—आफ्नो बालबालिकालाई शिक्षित बनाउन दलितहरू अघि बढ्नु पर्ने बताए । सांसद दासले संविधानले दलितका लागि राजनीतिक अधिकारको समेत ग्यारेन्टी गरे पनि दलितहरूले सो अनुसारको अधिकार प्राप्त गर्न नसकेको भने ।