एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ : मैथिल ब्राहमण महासभाले सामूहिक उपनयन कार्यक्रम गरेको छ ।
महासभाले बुधबार जनकपुरधाममा नि:शुल्क सामूहिक यज्ञोपवित कार्यक्रम गरेको हो । सामूहिक उपयनन संस्कार गराउन धनुषा, महोत्तरीका साथै विहारका विभिन्न स्थानबाट सर्वसाधारण आएको महासभाका अध्यक्ष भगवान झाले जानकारी दिनुभयो ।
महासभामले विगत १२ वर्षदेखि सामूहिक उपनयन संस्कार कार्यक्रम गर्दै आएको छ । यस अवधिमा करिब २ हजार जना सहभागी भएको पनि उहाँले जानकारी दिनुभएको छ ।