एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ :
पछिल्लो समय वायु प्रदुषण बढ्दै गईरहेको समयमा पालिका स्तरबाटै वायु प्रदुषण नियन्त्रणकालागि प्रयास हुनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ ।
क्लिन इनर्जी नेपाल, जनकपुर युथ टिम र अमेरिकन दूतावासको संयुक्त आयोजनामा जनकपुरधाम उपमहानगरका कार्यपालिका सदस्यहरुसंगको अभिमुखिकरण कार्यक्रममा पालिका स्तरबाटै वायु प्रदुषण रोकतथामकालागि प्रयास हुनुपर्नेमा कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले वायु प्रदुषण रोकथामकालागि उपमहानगर गम्भिर रहेको बताए । उनले वायु प्रदुषण रोकथामकालागि बनाइएका निति कार्यान्वय गराउन आफूहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । यसका साथै वातावरणिय प्रदुषणको प्रमुख कारक तत्वको रुपमा रहेको प्लाष्टिक जनकपुरधाम उपमहानगर पूर्ण प्रतिबन्ध लगाउनकालागि कानून निर्माणमा सहयोग गर्नका लागि कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । कानून बनाएर जनकपुरधाम उपमहानगरमा प्लाष्टिक तयार पार्ने उद्योग बन्द गर्न र बाहिरबाट समेत प्लाष्टिक ल्याउन प्रतिबन्ध लाग्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रमका सहजकर्ता अनिल श्रीवास्तवले वायु प्रदुषणको कारक, यसको असर, वायु प्रदुषण नियन्त्रण लगायतका विषयमा पालिकाको कार्यपालिका सदस्यहरुसंग अभिमुखिकरण कार्यक्रम राखिएको बताए । प्रदूषणका कारण दीर्घरोगीमा झन् जटिल समस्या हुन थालेको, गर्भवतीमा बच्चा जन्मँदा समस्या देखिन सक्ने र स्वस्थ मानिसमा समेत कालान्तरमा फोक्सो, मुटु, छालादेखि स्नायुप्रणालीसम्म प्रभावित हुन सक्नेगरी लक्षणहरू देखिने सम्भावना रहेकाले वायु प्रदुषण रोकथामकालागि जनचेतना मात्र नभई निति कार्यान्वयन तर्फ पालिकाहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो ।