एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १८ :
नेपाली कांग्रेसका पुर्व उपसभापती तथा पुर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले जनकपुरधामको मानव सेवा आश्रम केन्द्र वास्तविक मन्दिर रहेको भन्दै यहाँको समाज र सरकारहरुले समेत यस्ता आश्रमलाई सहयोग र सदभाव दर्शाउनुपर्ने बताएका छन् ।

जनकपुरधामको राराब क्याम्पसबाट पाँच सय मिटर पुर्व उतर तर्फ साविकको श्रम कार्यालयमा गत वर्षको जेठ महिना देखि सञ्चालनमा रहेको मानव सेवा आश्रमको अवलोकन र आश्रमले प्रदान गर्दै आएको सेवाको बारेमा बुझेपछि निधी खुसी व्यक्त गर्दै यो नै वास्तविक धर्म कमाउने मन्दिर रहेको टिप्पनी गरेका छन् ।

घर परिवार र आफन्तबाट परतिक्त भएर मानसिक र शारिरिक रुपमा कमजोर युवा, आमाबुवाहरुको उद्दार गरि, सेवा सत्कार, परिवार खोजेर पुर्नमिलन गराउने काम आश्रमले गर्दै आएको छ । उनीहरुको खानपान, लत्ताकपडा, औषधी उपचारका साथै नसक्नेलाई शौचालय र नुहाउने सम्म नित्यकर्मका कामहरु समेत आश्रमका सेवकहरुले गराउदै सेवा प्रदान गरिरहेको छ । अवलोकनका क्रममा संगै रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी, जनकपुरधामका प्रमुख र उपप्रमुख, गुठी संस्थान जनकपुरधामका प्रमुख सहितकालाई निधीले आश्रमले अहिले चर्को घरभाडाँ तिरीरहेको भन्दै यस्ता पवित्र स्थलका लागि जग्गा छुटयाउन निर्देशन पनि दिएका छन् ।

आश्रममा बस्ने ति असहायहरुलाई आफनै हातले सोमवार बिहानको खाना हस्तान्तरण समेत गरेका निधीले त्यसपछि जनप्रतिनिधी, प्रशासन र गुठीको प्रतिनिधीहरु सहित राराब क्याम्पस पुर्वको गुठीको जग्गा अवलोकन गर्दै आश्रमका लागि एक बिघ्घा छुटयाउन गुठी संस्थान र उपमहानगरपालिकालाई निर्देशन समेत दिएका छन् । सो अवसरमा धनुषाको प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल र जनकपुरधाम उपमहानगरका प्रमुख मनोज कुमार साह, वरिष्ठ समाजसेवी पवन सिंहानिया ले पनि आश्रमले समाजमा जस्को कोहि हुदैन उस्का लागि लागि महत्वपुर्ण काम गरिरहेकाले आश्रमको कामको प्रशंसा गर्दै सहयोग गनुर्पे बताएका छन् ।

गत वर्षको जेठ १४ जते जनकपुरधाममा आश्रमको १८ औं जिल्ला शाखाको रुपमा सञ्चालित यस आश्रममा समेत हाल ४८ जनाले सेवा लिइरहेका छन् । २०६९ सालमा मकवानपुरको हेटौडा बाट सुरु भएको सेवारुपी आश्रमको हाल देशको सात प्रदेशको १९ जिल्लामा गरि कुल २३ सेवा केन्द्र रहेको जसवाट अहिले सम्म ८ हजार जनाले सेवा लिएका छन् । अहिले पनि १६ सय जनाले देश भरिमा आश्रममा रहि सेवा लिइरहेको उनको भनाई छ ।

सो अवसरमा जनकपुरधाम उमहानगरपालिकाका उपप्रमुख किशोरी साह, नगराइन नगरपालिकाका मेयर विनय कुमार यादव, कांग्रेस धनुषाका उपसभापती गणेश झा, नेता गणेश तिवारी, कांग्रेस जनकपुरधामक कार्यवाहक सभापती राकेश विक्रम साह, नेविसंघ धनुषाका सभापती सुजित यादव, राराब क्याम्पसका स्ववियु सभापती मनिष यादव, आश्रमका सञ्चालक सुमन बर्तौला, रिता पोखरेल काव्या, संरक्षक समाजसेवी पवन सिंहानिया सहितको उपस्थिती थियो ।