एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ४ :
जनकपुरधामको मुरलीचौक स्थित न्युरो अस्पतालले गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । शहरमा रगतको अभाव नहोस र रक्तदान जिवन दानको भावना बढोस भन्ने उद्देश्यले अस्पतालले आफनो भवन प्राङ्गणमै गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।

सो अवसरमा अस्पतालका अध्यक्ष ई. अजय राउत, न्युरो सर्जन डा. विजय राउत, बजार व्यवस्थापक सञ्जय कुमार मण्डल र राघवेन्द्र साह सहित अस्पतालका कर्मचारी, नर्श, चिकित्सक र विरामीका कुरुवाहरुले समेत रक्तदान गरेको बताइएको छ ।