एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ : नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जनकपुरधाम स्थित श्री जानकी आँखा अस्पतालमा रेटिना फन्ड्स क्यामेरा जडान भई अत्याधुनिक उपचारमा थप सेवा प्रदान भएको छ । जनकपुरधाममा बिगत ४१ बर्ष देखि सेवारत अस्पतालमा नेपाल तथा भारतको विरामीहरुको घुइचो लाग्ने गरेको छ ।
अस्पताल बिशिस्टकृत सेवा तर्फ अग्रसर हुँदै मधुमेह रोग लागेर आँखाको पर्दा खराव हुने विरामीहरुलाई जाँच गर्न लागि आवयश्क पर्ने सो क्यामेरा दातृ निकाय द फ्रेड हलोजको सहयोगमा अस्पतालमा जडान भएपछि थप गुणस्तरी उपचार सेवा प्राप्त हुने अस्पतालका निर्देशक डा. आशिष बोहराले बताए ।
जनकपुरधामका मेयर मनोज कुमार साह र अस्पतालका अध्यक्ष नरेश प्रसाद सिंहले सो क्यामेराको समुदघाटन गर्दै अस्पताललाई थप गुणस्तरीय सेवाका लागि शुभकामना दिएका छन् । डा. बोहराले जनकपुरधामका मेयर साहको सर्वप्रथम सो क्यामेराबाट आँखा जाँच गरि समुदघाटन गरेका थिए ।
भविष्यमा महानगरपालिका र अस्पताल बिच सहकार्य गरेर अगाडि बढने मेयर साहले बताएका थिए । सो अवसरमा समाजसेवी प्रमोद चौधरी, दिबाकर प्रसाद साह, दिपेन्द्र सिंह, चिकित्सक अमित यादव लगाएतका कर्मचारीहरुको उपस्थिती थियो ।