एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशमा सहज शुलभ गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकारी र निजी अस्पताल पनि समाजिक उतरदायित्व प्रति प्रतिवद्व भएर लाग्नु पर्ने बताएका छन् । जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग होस्पिटल प्रा.ली.ले आफनो १७ औं वार्षिकोत्सव भब्यताका साथ मनाउने क्रममा आयोजना गरेको सम्मान समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मिश्रले चिकित्सक गरिव, निमुखा देखि धनाढय सबैका लागि भगवान सरह नै हुने र उहाँहरुको मुलमन्त्र सेवा परमो धर्म नै रहेकाले सेवा सबै वर्ग र समुदायको लागि एक समान हुनुपर्ने बताएका छन् ।

प्रदेश प्रमुख मिश्रले स्वास्थ्य सेवाको क्षेत्रमा जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग होस्पिटल प्रा.ली.ले पुरयाउदै आएको योगदानको सराहना गरेका छन् । कार्यक्रममा अस्पतालका सञ्चालक तथा पुर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले अस्पतालले जनकपुरधाममा आइसियु, युरो, न्युरो, लाइक्रोस्कोपी सहितका आधुनिक उपचार पद्वतीको थालनी गरि जनकपुरधाममै पनि स्तरीय स्वास्थ्य उपचारको वातावरण बनाउन सफल भएको बताएका थिए ।

डा. यादवले मधेश विद्रोह २०७२ मा आन्दोलनकारीहरुका लागि भोजन र घाइतेलाई उपचारका साथै सो विद्रोहमा शहिद भएका मध्ये आठ शहिदका परिवारको निशुल्क उपचार निरन्तर गर्दै आएको बताए । सो अवसरमा प्रदेश प्रमुख मिश्र सहित अस्पतालका चिकित्सकहरु, नर्श, कर्मचारीहरु, सञ्चालक समितिका सदस्यहरु सहित शुभेच्छुकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अस्पतालका निर्देशक हरिशचन्द्र यादवले स्वागत मन्तब्य राख्दै अस्पतालमा उपलब्ध रहेको सेवाहरुको जानकारी गराएका थिए । कार्यक्रममा एमाले जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, पुर्व सांसद धमेन्द्र साह, महोतरी गौशाला र मनराशिस्वाका पालिका प्रमुखहरु, जलेश्वर अस्पतालकी अध्यक्ष मिनु झा सहितकाले आ–आफनो धारणा राखेका थिए भने वरिष्ठ चिकित्सक डा. सुर्यनारायण यादव, डा. लखनलाल साह, डा. दामोदर प्रधान, डा. रमण मिश्र, डा. रामज्ञान यादव, डा. सज्जन ठाकुर, शहिद परिवारका सदस्यहरुसहितको उपस्थिती थियो ।
