एसपी रिपोर्टर
सप्तरी, बैशाख १२ : कोभिड–१९ महामारीको बेला मान्छे घरमा रहेका वेला सप्तरीको मन्दिरमा आक्रमण भएको छ । लकडाउनको मौका छोप्दै केही उछृङ्गल तत्वहरुद्वारा समाजिक सद्भाव बिगार्ने प्रयास गरेका छन् । बलान बिहुल गाउँपालिका वडा नम्वर–३ मौवाहा स्थितको डगरिन थान, वडा नम्वर–४ बेल्हीको हनुमान मन्दिर तथा शिव मन्दिरमा मङ्गलवार राती केही उछृङ्खल तत्वले तोडफोड गरेको गाउपालिका अध्यक्ष दयानन्द गोईलाई उदृत गर्दै अनलाइन सञ्चार माध्यमहरुमा समाचार छ ।

यता बिहिवार राती पुनः सुरुङ्गा नगरपालिका १० थल्हा (साविक को पटेर्वा (२) स्थित श्री श्री १०८ श्री सदा शिव राम जानकी मन्दिर मा आगजनीको गरिएको बताइएको छ । स्थानीय भाग्य नारायण यादवले दिएको जानकारी अनुसार मन्दिरमा रहेका सामानहरु यत्रतत्र फालेर आगो लगाईएको हो । बलानबिहुलमा भएको उक्त घटनालाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सुरक्षा निगरानी कडा पारिएको छ ।

साँझ ७ बजे पछि स्थानीयलाई घरबाट न निस्किन उर्दी जारी गर्दै धार्मिक स्थल जस्तै मन्दिर, मस्जिद, थानहरु लगायतको ठाउँमा प्रहरीले कडा निगरानी गरिएको छ । यता, उछृङ्खल क्रियाकलापमा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।


