एसपी रिपोर्टर
बिराटनगर, माघ २९ : मैथिल ब्राह्मण महासभा युवा कार्यसमितिको आयोजनामा मोरङ्गमा निःशुल्क सामुहिक उपनयन यज्ञोपवीत कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार विराटनगर नजिकै रहेको कटहरी गाउपालिकाको वडा नं. १ स्थित गोपाल फन पार्कमा सो आयोजन सम्पन्न भएको हो ।
मैथिल ब्राह्मण महासभा नेपाल क राष्ट्रीय अध्यक्ष भगवान झाको विशेष उपस्थितीमा भएको कार्यक्रममा ५१ जना बटुकको सामुहिक रुपमा सहभागि गराई यो धार्मिक अनुष्ठान पहिलो पटक आयोजना गरिएको संस्थाका अध्यक्ष मनोज मिश्रले जानकारी गराएका छन् । सामुहिक उपनयन यज्ञोपवीत कार्यक्रममा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सहभागि भएका बटुकलाई समेत निःशुल्क उपनयन गरिएको मिश्रले बताए ।

मोरङ्ग जिल्ला प्रशासनसंग अनुमति प्राप्त भएपछि कोरोना विरुद्वको नियमको पालना गर्दै कार्यक्रमको आयोजना भएको हो । कार्यक्रम सफल बनाउन युवा कार्यसमितिका अध्यक्ष मनोज मिश्र, उपाध्यक्ष बिपीन कुमार झा, सचिव सूरज मिश्रा, संतोष झा,चंंद्रकांत ठाकुर, अरुण ठाकुर,नवीन कुमार झा,सुभाष चंद्र झा,शुभम मिश्र प्रशान्त,निशित मिश्र ,जितेंद्र झा ,अभिषेक झा सक्रिय रूपमा खटेका थिए । उपनयन कार्यक्रममा दर्जनौं पंण्डितको उपस्थिति रहेको र उनीहरुले मैथिल परंपरा अनुसार उपनयन सम्पन गराएका थिए । प्रदेशमै पहिलो पटक यस्तो कार्यक्रम भएको समेत बताइएको छ ।

नेपालको २८ जिल्लामा संगठन रहेको मैथिल ब्राह्मण महासभाले बिगत १० बर्षमा करिव ३ हजार बटुकहरूको निशुल्क रुपमा सामूहिक तवरले यज्ञोपवीत संस्कार गराइ सकिएको छ । मैथिल ब्राह्मण महासभा नेपाल,युवा समिति बिराटनगर द्वारा प्रदेश १ को राजधानी बिराटनगरमा अन्तराष्ट्रिय स्तरमा निशुल्क सामूहिक उपनयन(ब्रतबंध) संस्कार गरिएको छ । मैथिल ब्राह्मण महासभा नेपालका राष्ट्रीय अध्यछ ई. भगवान झा द्वारा दीप प्रज्वलितका साथै भगवान परशुराम र महाकवि बिद्यापती प्रति माल्यार्पण गरी यज्ञोपवीत संस्कार यज्ञको उद्घाटन गरिएको थियो ।