एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : जनकपुरधामको वडा नं. १४ मुजेलियामा माता महरानीको गहवर (भगवती मन्दिर) स्थापनार्थ भब्य कलशयात्रा निकालिएको छ । शनिवार विहान स्थानियहरुले शोभायात्रा सहित जनकपुरधामको पवित्र सरोबर गंगा सागरमा पुगेर कलश भरि कलशयात्रा निकालिएको छ ।
श्री धर्मसंस्था रामस्वरूप साह, रामसागर साह मिल्स एरिया जनकपुरधामद्वारा नव निर्मित माँ महारानी जीको गहबर (मन्दिर) निर्माण सम्पन्न भएपछि कलशयात्रा र विधिपुर्वक पुजापाठ गरिएको छ । माहरानी जीको गहबर (मन्दिर) समुदघाटन तथा गृहप्रवेश भएको तथा तपन बाबा (डिहबार बाबा)को पूजा अर्चना सोमबार गरिने पूजा समितिले जानकारी गराएको छ ।







