पिजी पत्रकार
जनकपुरधाम चैत १४ : आधुनिक युगमा तराई मधेश र खास गरि मिथिलाको सभ्यता र संस्कारलाई रुढीवादी परम्परा भनेर पनि आरोप लगाउने गरिन्छ तर त्यै सभ्यता र संस्कारले आज हामीलाई हदै सम्म सुरक्षा दिइरहेको प्रमाणित भइरहेको छ । आफुलाई अति विकसित र आधुनिक दावी गर्ने देशहरु कोरोना संक्रमणको तिब्र महामारीमा पिरोलिएका दृश्यहरुले हामी मर्माहित र भयभित छौं । तर जानकारहरुको अनुसार कोरोनाको संक्रमण विकसित युरोपियन देशहरु भन्दा र्साक राष्ख्ङहरुमा हदै सम्म कम फैलनुमा हाम्रो सभ्यता र संस्कारको समेत अहम भुमिका छ ।
मिथिलाको संस्कार त झन यस्मा अहम रोल खेलेको छ । कोरोना एक अर्कालाई छुदा, नजिक जाँदा लाग्ने रोग हो भन्ने प्रमाणित भएको छ । तर बिचार गर्नोस हामी मिथिलावासीको संस्कारले यस्मा कति महत्वपुर्ण भुमिका खेलेको छ । मिथिलामा बुवा वा ससुरा जो घरको मुल अभिभावक रहनुहुन्छ वहाँले बुहारीको जिउमा छुने त नियममै छैन यहाँ सम्मकी नजिकमा नजाने, नबोल्ने र छोरा बुहारीको कोठा र ओछयानमा बस्न पनि नहुने संस्कार हामी संग छ । अनुशासन र लाजका कारण बुवा र छोराछोरीमा कुराकानी भएपनि अंकमाल गर्ने र एकअर्कामा टाँस्ने व्यवहार हामी संग पटक्कै छैन । कारण जे भएपनि सासु र बुहारी बिच अलिकती दुरी नै हुन्छ । जेठाजु र भाइबुहारी, जेठ र जेठानी मात्र नभई भाई भाईमा समेत कुराकानी र हाँसो मजाक बाहेक एकअर्कालाई छुने, टाँस्ने रहनसहन हामी संग छैन । जस्मा विभिन्न कारण हुन सक्ला जस्तै लाज, अनुशासन, परम्परा, प्रतिस्पर्धा, इश्र्या, विवाद आदी इत्यादी ।
विहानको नित्यकर्म देखि कपडा धुदा, भाडाँ मस्काउदा र पुजापाठ गर्दा सम्म हामी साबुन पानीको प्रयोग गर्ने गर्छौ जवकि पश्चिमी देशहरु सवै काम टिश्यु पेपरले गर्ने गर्छन । हामी नुहाई धुवाई गरेर पनि मन्दिर पुग्दा हात धोएर मात्र मठमन्दिर र देवी देउवालाई स्पर्श गर्छौ र ढोग्छौं । हाम्रा घरका महिलाहरु त झन दिन भर पानी र साबुनकै स्पर्शमा दैनिकी विताउनु हुन्छ । हाम्रो घर प्रवेश गर्ने ठाँउमै पानीको धारा र हातेकल हुन्छ र घर पुगेपछि हात खुêा धोएर मात्र बच्चाहरुलाई छुन भनिन्छ नभए नजर गुजर लाग्ने विश्वास रहिआएको छ । आज यि यस्तै गतिविधीका कारणले समेत नेपाल र भारतका जनता हदै सम्म कोरोनावाट सुरक्षित रहेको जानकारहरुको दावी छ । आपतका वेला पुर्वी सभ्यताका नमस्ते र नमस्कार देखि विभिन्न व्यवहारहरुको तारिफ दुनियाले गर्न र व्यवहारमा उतार्न थालेका छन् । हामीले प्रयोग गर्ने अदुवा, लसुन, बेसार, धनियाको पात, कागती, साग जस्ता ताजा बस्तुहरुको पनि आफनै बैज्ञानिक महत्व छ । आँगनमा तुलसीको पुजा प्रसाद तथा औषधीको रुपमा सेवन तथा विभिन्न पर्व तथा पुजापाठमा स्थानिय प्राकृतीक स्रोत र साधनको प्रयोगको समेत आफनै महत्व छ । त्यसो त घुम्टो प्रथाको विरोध व्यापक हुन्छ तर आज विश्व मानवजाती मास्करुपी घुम्टो र एक किशिमको बुर्का भित्र नै छन भन्दा फरक नपर्ला । यद्यपि यो लेखको आशय घुम्टो र बुर्काको प्रोत्साहन भने होइन । मुस्लिम समुदायमा पिसाव फेरेपछि अनिवार्य हात धुनै पर्ने नियम पनि बैज्ञानिक हिसावले आफनै महत्व राख्छ । ई त केहि उदाहरणहरु मात्र हुन । यस्ता कैयन व्यवहारहरु हाम्रा लागि कोरोनाको हकमा फाइदाजनक सावित भइरहेको कुरा यस्का विरोधीहरु समेत स्वीकार गरेको अवस्था छ । त्यसैले हामी हाम्रा सभ्यता र संस्कार माथी गर्व गर्नुपर्छ । हामी हाम्रो सभ्यता र संस्कारका सम्पुर्ण सकारात्मक पक्षहरुको अनुसरण र बचाव गर्न आवयश्क छ । केहि व्यवहारलाई घर वाहिर छोडने स्थित रहेपनि घर भित्र अनुशासन, लाज र नियम पालन आवयश्क छ । जे लाई पनि रुढीवादी भन्दै संस्कार विर्सन थाल्ने हो भने प्रकृतीले साथ दिदैन भने कुरा प्रमाणित हुन थालेको छ ।