एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ५ :
धर्म संस्था व्याहुत कलवार सेवा समिति जनकपुरधाम अन्तर्गतको युवा मञ्चमा नयाँ कार्यसमिति मनोनयन गरिएको छ।
हालै गरिएको संगठनात्मक निर्णयअनुसार युवा मञ्चको अध्यक्षमा अमित साह, उपाध्यक्ष भरत कुमार साह, महासचिवमा विकास साह, सचिव मौसम कुमार साह र कोषाध्यक्षमा राजेश कुमार साह चयन भएका छन्। समितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि मनोनयन गरिएको जनाइएको छ।
नवगठित कार्यसमितिले संस्थालाई अझ सशक्त, सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ नेतृत्वले सामाजिक एकता, सहकार्य र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै युवाहरूलाई संगठनात्मक अभियानमा जोड्ने लक्ष्य लिएको जनाएको छ।
कार्यकालभर सामाजिक सेवा, सांस्कृतिक कार्यक्रम तथा संगठन सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिने नवनेतृत्वले स्पष्ट पारेको छ।