एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : पहिलो दिनको लडक डाउन हदै सम्म सफल भएपनि प्रहरीले झनै कडाई गर्ने रणनिती बनाउदै छ । एकाएक लकडाउनको निर्णय गरिएकाले पहिलो दिन वाहिर रहेकाहरु घर फर्किनु पर्ने र सर समान जोहो गर्नुपर्ने बाध्यताका कारण केहि आवागमण देखिए पनि अव झनै कडाई हुने बताइएको छ ।
एता जिल्ला प्रशासन कार्यालय धनुषाले चैत १८ गते सम्म जारी गरिएको लकडाउन सफल बनाउन सवैमा आग्रह गरेको छ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ वाट धनुषा जिल्लामा अहिले सम्म कुनै संक्रमण नदेखिए पनि जिल्ला समेत उच्च जोखिममा रहेको भन्दै जिप्रका धनुषाले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा २ तथा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाको चारैतर्फको सिमा भित्र अगामि चैत १८ गते विहान ६ बजे सम्मका लागि लकडाउन लागु गर्न नगराउन निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको निर्णय अनुसार औषधी उपचार र खाधान्न जस्ता अति आवयश्क वाहेक कुनैपनि कामका लागि बाहिर निसक्न पाइने छैन, बिना अनुमती कुनै पनि सवारी साधन चलाउन पाउने छैन, कालाबाजारी गर्न पाइने छैन, अति आवयश्क बस्तु उत्पादन वाहेकका कुनै पनि कलकारखाना चलाउन पाउने छैन । साथै जारी आदेशको अवहेलना र बाधा गर्नेलाई संक्रामक रोग ऐन २०२० संसोधन सहितको दफा ३ बमोजिम कारवाही गरिने छ ।
तस्वीरहरु : संजय साह/एसपी खवर