एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १६ : जनकपुरधाम उपमहानगरपालिकाको जारी कोरोना पिसीआर परिक्षण अन्तर्गत आज वडा नं. १, २ र ३ गरि कुल ३ सय ८६ जनाले कोरोनोका पिसीआर परिक्षण गराएका छन् । वडा नं. १ मा महिला ३२ पुरुष ६४ सहित ९६, वडा नं. २ मा महिला ५८ पुरुष ९५ सहित कुल १ सय ५३ र वडा नं. ३ मा महिला ४८ पुरुष ८९ गरि कुल १ सय ३७ जनाले पिसिआर परिक्षण गराएको हो ।
तिनै वडाका वडा अध्यक्षहरुको सक्रिय सहभागितामा पिसीआर परिक्षण भएको छ । तिनवटै वडाका वडा अध्यक्ष सत्रुधन साह, शिवकुमार साह र दिपेन्द्र साहले यसबाट आउने नतिजाले आफुहरु कोरोना संक्रमणको दायरा बुझेर आवश्यक पहलकदमी लिने बताए । परिक्षणको सुरुवात नगर प्रमुख लालकिशोर साहले स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरि भएको थियो ।
वडा नं. २ ले बाँडयो मास्क र सेनिटाइजर

एता सोहि अवसरमा वडा नं. २ का वडा अध्यक्ष शिवकुमार साहले वडाबासीहरुलाई मास्क र सेन्टिाइजर सहितका स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेका छन् । परिक्षण गर्न आएकाहरुलाई वितरण गर्दै उनले वडामा सवैले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने बताए ।