एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १० : जिवन बिमा कम्पनी आईएमई लाईफ इन्सोरेन्सले बिमा शुल्क संकल्नको आकडा एक अर्व पार गरपछि देशै भरि खुसीहाली मनाएको छ । विं. संं. २०६६ सालमा दर्ता भई विधिवत रुपमा २०७४ साल देखि सेवा थालेको आईएमई लाईफ इन्सोरेन्स बिमा कम्पनीले चार वर्षको यात्रामा बिमा रकम एक अर्व संकलन गर्न सफल भएको छ ।
देश भरिमा कुल १ सय २५ शाखा सञ्चालनमा रहेको यस कम्पनीको सो सफलताको खुसीमा जनकपुरधाम शाखाले समेत केक काटेर खुसीहाली मनाएको छ । शाखा म्यानेजर संजिव कुमार साहले कम्पनीका लागि काम गर्ने प्रतिनिधी सहित बिमा सहयोगीहरुलाई बोलाएर केक काटेर खुसीहाली मनाएका छन् ।