एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : नेपाल बिश्व हिन्दु महासंघले करिव २ हजार मिथिला माध्यमिकी परिक्रमाका तिर्थालुहरुलाई निशुल्क भोजन खुवाएका छन् । १५ दिवसीय मिथिला परिक्रमाको क्रममा निरन्तरको १४ दिनको नाङ्गो खुट्टाको पैदल यात्रा तय गरि जनकपुरधाम आइपुगेको परिक्रमाका तिर्थालुहरुलाई महासंघले बाह्र बिघ्घा रंगभुमि मैदानमा निशुल्क भोजनको व्यवस्था गरेको थियो ।

महासंघ धनुषाका सह–अध्यक्ष जानकी रमण झाले करिव २ हजार तिर्थालुले भोजन ग्रहण गरेको हुनुपर्ने अनुमान गरेका छन् । विहान आइपुगेका तिर्थालुलाई निशुल्क भोजना खुवाएको महासंघले प्रदेश २ प्रमुख डा. राजेश अहिराजको प्रमुख आतिथ्यमा होली मिलन समारोहको आयोजना समेत गरेका छन् ।



सो अवसरमा प्रदेश २ प्रमुख डा. अहिराजले होलीले समाजमा सदाचार, सदभाव र भाईचाराको निर्माण हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा महासंघको प्रदेश २ की वरिष्ठ उपाध्यक्ष चाँदनी झा, कार्यक्रम संयोजकहरु मिथिलेश झा, जानकी रमण झा, वरिष्ठ इन्जिनियर सिडिई भगवान झा, सत्यनारायण साह, धिरेन्द्र झा मैथील सहितको पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।