एसपी रिपोर्टर
रौतहट, फागुन २४ : रौतहटको गौर नगरपालिकामा पनि बिश्व नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । अहिले कार्यवाहक मेयर समेत रहेकी उपप्रमुख किरण ठाकुरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिलाको दक्षता र शिक्षाको विषयमा वक्ताहरुले धारणा राखेका थिए ।

मान्डवी, ग्रामिण विकास केन्द्र, अभियान नेपाल, नेपाल रेडक्रस सोसाइटी, यूएनफपीए तथा मानव सेवा केन्द्र रौतहट सहितको सहकार्यमा गौर ब्यारेक फिल्डमा हजारौंको संख्यामा उपस्थित महिलाहरु तथा संघ संस्थाको प्रतिनिधीहरुको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रममा महिलाहरुको शस्क्तिकरण नै दिवसको मुख्य उद्देश्य हुनुपर्ने वक्ताहरुको निश्कर्ष थियो ।





