जनकपुरधाम, चैत ३ : प्रदेश सरकारले संसदवाट पारित गर्न लागेको मिडिया काउन्सिल विद्ययेक तथा प्रादेशिक रेडियो तथा छापाखाना विद्ययेकको विषयमा पत्रकारहरुले सभामुखको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको केन्द्रिय सचिव, कोषाध्यक्ष सहित प्रदेश र धनुषाका जिल्लाको टोलीले सभामुख सरोज कुमार यादवलाई प्रदेशसभामा छलफलको क्रममा रहेको सञ्चार क्षेत्र सम्बन्धि विद्ययेकहरु पत्रकारमैत्री बनाउन महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रले ध्यानाकर्षण गराएका हुन ।करिव १० मिनेट पत्रकारहरुलाई समय दिएका सभामुख यादवले सञ्चार सम्बन्धि विद्ययेक पत्रकारमैत्री हुनेमा विश्वस्त रहन र केहि त्रुटी रहेको भए आफुहरुलाई लिखित रुपमा सुझाव दिन आग्रह गर्दै आफु पत्रकारमैत्री विद्ययेक मात्र पारित गर्ने जवाफ दिएका छन् । ध्यानाकर्षण गराउन महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहाल, सदस्य शैलेन्द्र झा, पुर्व सदस्य अजय अनुरागी, प्रदेश २ का महासचिव किरण कर्ण, सल्लाहकार विरेन्द्र रमण, महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र सहितको सहभागिता थियो ।