जनकपुरधाम, चैत २ : विषाक्त मदिरा सेवनवाट ज्यान गुमाएका परिवारजनलाई सांसद रघुविर महासेठले सहयोग गरेको छ । १४ जनाले ज्यान गुमाएको निर्वतमान मन्त्री महासेठ जितेकै क्षेत्रमा पर्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया पुगेर सांसद महासेठलले प्रति मृतक परिवार क्रिया खर्चका लागि राहत स्वरुप २० हजार नगदको दरले सहयोग गरेका छन् । सांसद महासेठले आफ आफनो तलववाट सो रकम सहयोग गरेको समेत प्रष्ट पारेका छन् । मृतकहरुको अनाहकमा अल्प आयुमै मृत्यु भएको र समाज नै दुःखी रहेकाले भोजभतेरमा अन्यथा खर्च नर्गन समेत उनले स्थानियवासीलाई आग्रह गरेका छन् । सहयोग प्रदान गर्ने कार्यक्रममा मृतककी श्रीमतीहरु सेतो सारीमा बसेको दृश्य दुःखदायी र पिडादायी देखिएको थियो ।
मृत्यु भएका स्थानिय ब्रहमदेव यादव, रामविलास मण्डल, गुदर महरा, राम नारायण महरा, रामसखी सदा, राजु महरा, श्रीदेव यादव, इन्द्रजित महरा, सत्रुधन मण्डल, राम बहादुर यादव, भुटकुन सदा, विजय सदा, दशैया महरा र निरस यादव सहित १४ जना मृतक परिवारलाई सहयोग गरिएपनि धनुषा प्रहरीले मदिरा सेवनवाट अहिले सम्म रमदैयाका १० जनाको मात्र मृत्यु भएको बताइरहेको छ ।