एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ४ : प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले सप्तरीमा धर्मशाला र विद्यालय भवन समुदघाटन गरेका छन् । सप्तरीको तिरहुत गाँउपालिका वडा नं. १ स्थित प्रदेश २ सामाजिक विकास मन्त्रालय र प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत सप्तरी निर्वाचन क्षेत्र १ ख का प्रदेश सभा सदस्य समेत रहेका साहको संसदिय विकास कार्यक्रमवाट निर्मित छेदि धर्मशालाको समुदघाटन गरिएको छ ।
धर्मशालाको उदघाटन गर्दै मन्त्री साहले वदलिदो परिवेशमा सार्वजनिक कार्यका लागि यस किसिमका धर्मशाला र विवाहमण्डपको खांचो रहेको वताए । जग्गा दाता छेदि पंजियारकी पत्नी कुश्मीदेवीको अध्यक्षतामा समपन्न कार्यक्रममा प्रदेश न. २ का अर्थ समिति सभापति मनिष कुमार सुमन,सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, योजना महाशाखा प्रमुख ठुलोवावु दाहाल,कंचनरुप न.पा.का प्रमुख वसन्त कुमार मिश्र,तिरहुत गा. पा.का अध्यक्ष हेमन्त वहरखेर,ज.स.पा. जिल्ला अध्यक्ष सुनिलकुमार झा, जनस्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादव,जिल्ला वन कार्यालय महोतरिका प्रमुख हेमन्त साह लगायतको उपस्थित रहेको थियोे ।
विद्यालय भवनको समुदघाटन
त्यसै गरि मन्त्री साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० भगवानपुुर ईनर्वा स्थित श्री रा. प्रा. वि. मा सामाजिक विकास मन्त्रालयद्वारा निर्माण गरिएको दुई कोठे कक्षाकोठा भवनको समेत समुदघाटन गरिएको छ ।

सरस्वती पुजाको अवसरमा मन्त्री साहले उक्त भवन उदघाटन गर्दै समाज शिक्षित र विकसित वनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको बताएका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ८६ जना विद्यार्थी अध्यन्नरत छन् ।





