एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (नेअन) को भेला महोत्तरीमा सम्पन्न भएको छ । नेअनका केन्द्रीय अध्यक्ष ई. प्रमोद यादव, प्रदेश २ का इन्चार्ज ई. गौरी पण्डित, निर्माण व्यवसायी संघ र प्रदेश २ का विभिन्न स्थानबाट आएका इन्जिनियरहरुको सहभागीतामा भएको भेलामा नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को निर्वाचनका विषयमा छलफल भएको थियो ।
भेलामा नेईए निर्वाचनमा नेअनको उम्मेदवारीको विषयमा छलफल भएको नेअन प्रदेश २ का वरिष्ठ उपाध्यक्ष ई. जय शंकर शर्माले जानकारी दिए । निर्वाचनमा भाग लिने विषयमा छलफल भए उम्मेदवार को बन्ने भन्ने विषयमा निर्णय भने भइनसकेको उनले बताए ।
चैत २० गते हुने नेईए निर्वाचनका लागि नेअनले प्रदेश २ मा संगठन विस्तार तथा तयारी तीव्ररुपमा अघि बढाएको छ । नेअनले प्रदेश २ का सबै जिल्लामा संगठन विस्तार गरिसकेको छ ।





