एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन जनकपुरमा हुँदैछ । पिछडावर्ग ओबिसी महासभाले माघ १० देखि १२ गतेसम्म प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा गर्न लागेको आफनो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको छ ।
महाधिवेशनले पहिचान, अधिकार र सम्मानको लागि नागरिकता लगायतका एजेण्डा तय गर्ने जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुग्ने बताएका छन् ।

अध्यक्ष महतोले जनकपुरधाम स्थित पिछडावर्गको केन्द्रिय कार्यालयमा महाधिवेशन सम्बन्धमा जानकारी दिँदै जनकपुरधाम उघोग बाणिज्य संघमा माघ १० गते समुदघाटन सत्र, ११ गते निर्वाचनका कार्यक्रम र १२ गते सामेबार महाधिवेशन समापन घोषणा तथा पत्रकार सम्मेलनको कार्यक्रम रहेको जानकारी दिए ।
महाधिवेशनले हिजोको कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३४ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गर्ने छ । महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाबाट २ सय ५५ जना महाधिवेशन प्रतिनिधि सहभागि हुनेछ र पर्यवेक्षक आमणन्त्रित गरि करिब ५ सय जनाको उपस्थिति रहने अध्यक्ष महतोले बताए ।