एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : जसपाका प्रदेश सांसद परमेश्वर साहले कुनै पनि जात र समुदायसंग विभेद नहुने गरि प्रदेश सरकार काम गरिरहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादो बेला स्थित हाजि लोटन कबिर्सतानको पर्खाल (बाउन्ड्री) निर्माण कार्यको शिलान्यास (बुनियाद) गर्दै प्रदेश सांसद साहले आफु सवै जनताको प्रतिनिधी रहेकाले कुनै पनि जात र समुदायमा फरक दृष्टिले नहेरी काम गरिरहेको र प्रदेश सरकार समेत त्यसमा प्रतिवद्व रहेको बताएका छन् ।
कबिर्सतानको पर्खाल निर्माणका लागि तत्काल २५ लाख रुपैया छुटयाइएको भन्दै साहले भने, ‘सकभर यसै बजेटले पर्खाल निर्माण हुन्छ र यदि बजेट अपुग भए म सहयोग गर्न तयार छुु ।’ उनले धर्म निरपेक्ष देश र प्रदेशमा यो धर्म त्यो धर्म नहेरि सवै धर्म, संस्कृती, रितिरिवाज, धरोहर र परम्पराको समानरुपले संरक्षण सम्वद्वन हुनुपर्ने बताए ।
कार्यक्रममा मुस्लिम अगुवा साजिद हुसेन सहित जसपाका नेताहरुको सहभागिता रहेको थियो ।