एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : नेशनल इन्जिनियर्स एशोसिएसन नेपालले आफनो संगठन विस्तार गर्दै गएको छ । अगामि चैत २० गते हुने नेपाल इन्जिनियर्स एशोसिएसन (एनइए)को निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा छलफलको कामलाई तिव्रता दिइएको एशोसिएसनका प्रदेश २ इन्चार्ज ई. गौरी पण्डितले बताए ।
उनका अनुसार रौतहटको गौरमा शुक्रवार करिव डेढ दर्जन र आज पर्साको बिरगंजमा दुईदर्जन युवा इन्जिनियरहरु एशोसिएशनमा प्रवेश गरेको बताए । एशोसिएशनका केन्द्रिय अध्यक्ष ई. प्रमोद यादव समेतको उपस्थितीमा गौर र बिरजंगमा भएको छलफलहरु पश्चात दक्ष र युवा इन्जिनियरहरुले एशोसिएसन रोजेको उनको कथन छ ।

एनइएको निर्वाचनका लागि माघ ३० सम्म नविकरण गर्नुपर्ने भएकाले एशोसिएशनको अगामि कार्यदिशा र योजना बुझाउदै यसैमा आवद्व भएर चुनाव लडने वातावरण बनाएर प्रदेश २ को इन्जिनियरहरुको हकहितका लागि अगाडी बढने योजना तयारीको क्रममा रहेको पण्डितले बताए ।