एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : जनकपुरमा ‘मिथिला हमर जान’ बोलको गीत रिलिज भएको छ । मैथली कलाकारहरुको नौलो प्रस्तुती मिथिला क्षेत्र कला सस्कृतिमा झल्कीएको गीत सार्वजनिक गरिएको हो । तराई मधेसबाट उदाएर नेपाली मुलधारको कलाकर्ममा लागेका कलाकारहरुले यस गीतमा भूमिका निर्वाह गरेका छन ।
‘मिथिला हमर जान’ को भिडियो गीत निर्माणको कार्य सम्पन्न भई आज रिलिज गरिएको कलाकार पुष्पा यादवले बताईन । मनोज भोले यादब र शशि झाको आवाजमा सजिएको गीतको भिडियो नेपाली कांग्रेसका प्रदेश सांसद राम सरोज यादवले रिलिज गरेका छन् ।
भरत फिल्म्सले निर्माण गरेको र संजय साहद्वारा निर्देशित गीतको भिडियोमा मिथिला क्षेत्रका चर्चित कलाकारहरु भरत शाह, प्रकाश सुबेदी ,लक्ष्मण मण्डल, राम सरोज यादब , दिनेश महर ,बिट्टु दास,कृष्ण कुमार महतो लगायतको अभिनय रहेको छ भने समिर खानको शब्द र संगीतमा गीत शुसज्जित छ ।
नयाँ बर्षलाई लक्षित गरि तयार गरिएको गीतको भिडियो यु टयुव सहितकोमा हेर्न सकिने कलाकार भरत शाहले जानकारी दिएका छन् ।