एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : नेपाल जेसीजको उपाध्यक्षमा जेसी गौतम साह निर्वाचित भएका छन् । जनकपुर जेसिजका अध्यक्ष समेत रहेका साह नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वका लागि गत पुष १ देखि ४ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देही भलवारीमा भएको महाअधिवेशनको क्रममा पुष ३ गते भएको निर्वाचनबाट जनकपुर जेसीज वर्ष २०२० का शाखा अध्यक्ष जेसी साह नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा विजय भएका छन् ।
उक्त चुनावमा राष्ट्रिय उपाध्यक्ष पदका लागि ३६ जना प्रतिस्पर्धी बीच साह आगामी एक वर्षे कार्यकालको लागि निर्वाचित भएका हुन । गत बुधबारदेखि रुपन्देहीको भलवारीमा सम्पन्न राष्ट्रिय महाधिवेशनमा नेपालभरका जेसीज शाखाका झण्डै २ हजार प्रतिनीधि सहभागि भएका थिए । त्यस्तै १७ पदको लागि ४८ जनाले उम्मेदवारी दिएका थिए ।





