एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १८ : २९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस शहिदनगर नगरपालिकामा समेत मनाइएको छ । नगरपालिकाको केन्द्र यदुकूहा अन्तर्गत राष्ट्रिय निम्न माध्यमिक विधालयमा २९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस २०७७ मा फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मानी गर्नुका साथै विभिन्न कार्यक्रम गरिएको छ ।
नगरपालिकाको समन्वयमा अस्ट्रेलिया एड र अस्ट्रेलियन लुथरेनको सहयोगमा असमान नेपालको आयोजनामा भएको कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुको र कोरोनाको कहर विषयमा वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । नगरपालिकाको वडा नं.३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शिला देवि कापर, रामदेव मरिक, शिक्षा शाखा वाट धनेश्वर यादव, स्वास्थ्य शाखावाट राम शिकिल सहित आसमान नेपालका प्रतिनिधीहरुको सहभागिता रहनुका साथै कर्मचारी, बुद्धिजिवि तथा फरक क्षमता भएकाहरुको उपस्थिति रहेको थियो ।






