फाल्गुन, २५ गते ।
जनकपुरधाम : बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपाल् उच्च जोखिममा रहेको विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार कोरोना भाइरसबाट भैइरहेको र हुन सक्ने सम्भावित जोखिमबाट बच्न सानो प्रयास भएपनि आज आइतबार जनकपुर पब्लिक स्कुलका कक्षा ७,८,९का सैकडौ विद्यार्थीहरुले मास्क प्रयोग गरि सचेतना को सन्देश दिदै संदेशमुलुक पलेकार्ड प्रदर्शित सडक रेलि गर्दै संदेश संप्रेसन गर्ने अभिप्रायका साथमा सैक्डौ मास्क समेत नि शुल्क वितरण गरेका छन् ।
कोरोना भाइरस सम्बन्धि गरिएको awareness program मा भिडबाट बच्ने ,हिडडुलगर्दा मसक को प्रयोग गरौं , कम पाकेका माछा मासु नखाउ ,एक आपसमा अभिवादन गर्दा नमस्ते गरौं हात नमिलाउ अफनो पुरानो संस्कृति संरक्षण गरौं ,खोक्दा अगाडिको व्यक्तिको विपरीत दिसामा आफ्नो मुख छोपौ , करोना भाइरस विरुद्ध सचेत होउ,खाना खानु भन्दा पहिले साबुन पानीले हातमुख धुइ मात्र खाना खाउ जस्ता लेखेका पलेकार्ड विद्यार्थी हरुले प्रदर्सन गरेका थिए ।
स्कुलद्वारा गरिएको कोरोना भाइरस संक्रमन विरुद्ध जागरण अभियानमा जनकपुर पब्लिक स्कुलका पिरिन्सपल बसन्त कुमार साहले जानकी मन्दिरको प्रङ्गनमा कोण सभालाई सम्बोधन गर्दै व्यक्तिगत सरसफाइ मा जोड दिन आग्रह गरदै सचेत रहन सम्पुर्ण नागरिक समाजमा अनुरोध गरेका छन । कोरोना भाइरस संक्रमन विरुद्ध जागरण अभियानमा स्कुलका शिक्षिका चान्दनी झा ,युवा अभियानी बजरंग यादव ,निशान्त कुमार साह ,बविता मंडल लगायतकाले आ आफ्नो मन्तव्य राखेका थिए ।